बहुप्रतिभाको खोजी गर्दै जेसिज ट्यालेन्ट हन्ट २०१७ हुने

<span class='c1'>बहुप्रतिभाको खोजी गर्दै जेसिज</span> <span class='c2'>ट्यालेन्ट हन्ट २०१७ हुने</span>

प्रेम देवान
विराटनगर, ७ जेठ । स्कुल तथा कलेज स्तरमा अध्ययनरत विद्यार्थीहरुमा भएको बहुप्रतिभाको खोजी गर्दै ‘जेसिज ट्यालेन्ट हन्ट’ २०१७ हुने भएको छ ।
विराटनगर जेसिजले विराटनगरम आज आईतबार पत्रकार सम्मेलन गरि ट्यालेन्ट हन्ट् हुनेबारे जानकारी दिएको हो ।
ट्यालेन्ट हन्ट् अन्तर्गत पहिलो अडिसन जेठ १५ गते विराटनगरमा हुने जेसिज विराटनगरका अध्यक्ष श्याम सुन्दर (मिलन) पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँ र विराटनगरमा रहेको शिक्षादीप उच्च माविमा पूर्ण छात्रवृत्ती पाउने अध्यक्ष पौडेलले बताए । यसैविच फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः १५ हजार तथा ७५ प्रतिशत र १० हजार तथा ५० प्रतिशत शिक्षादीप उच्च माविमा छात्रवृत्ती पाउने पांउने छन् ।
प्रतियोगिता यसैपाली एस.इ.इ.दिएर बसेका तथा स्नातक तह सम्म अध्ययनरत विद्यार्थीले भाग लिन सक्नेछन् । उत्त प्रतियोगितामा सहभागी विद्यार्थीहरुले गीत, कविता, नृत्य, अभिनय, वक्तित्वकला लगायतको विभिन्न विद्यामा आफने प्रतिभा प्रस्तुती देखाउन सक्नेछन् ।
आवेदन फारम खुल्ला गरिएको सकेको र विराटनगरको ट्राफिक चोक, महेन्द्र चोक, पुष्पलाल चोक लगायत ८ स्थानमा फारम पाईने सचिव उज्जवल खरेलले जानकारी दिए ।
यसका अलवा विराटनगर बाहिर इटहरी र उर्लाबारीबाट पनि फारम पाइने सचिव खरेलले बताए ।
पहिलो अडिसनबाट एक सय जना छनौट गरि दोस्रो चरणमा लगिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्