सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप

सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप

सिन्धुली । यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् ।

सुरुमा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुनेलगायत लक्षण देखा परेको स्थानीयबासी सुदिप कार्कीले जानकारी दिए । अहिले साविकको भुवनेश्वरी गाविस तथा हालको ३ नं वडा पुरै प्रभावित भएको उनको भनाइ छ ।

इलाका स्वास्थ्य चौकी ग्वालटारमा उपचारका लागि पुगेका बिरामीको सङ्ख्या १०० नाघिसकेको चिकित्सकहरुले बताएका छन् । प्रकोपको सुरुवातीमा नै सम्बन्धित निकायमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयबासी कार्कीले बताए ।

प्रदूषित खानेपानीका कारण यस्तो समस्या आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

खुर्कोटस्थित शुभजीवन हस्पिटलका चिकित्सक डा राजेन्द्र न्यौपाने स्थानीयलाई खानेपानी उमालेर मात्र खान, आराम गर्न, बालबालिका र वृद्धवृद्धाको विशेष स्याहार गर्न सुझाव दिनुहुन्छ । वर्षात्को समयमा खानेपानी केही प्रदूषित हुनसक्ने भएकाले पानी उमालेर मात्र खान उनको सुझाव छ । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्