धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या

धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या

कैलाली । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या भएको छ । स्थानीयले दिएको सुचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा घरमा ताला लगाइएको थियो ।

प्रहरीले ताला फोडेर हेर्दा ७२ वर्षीय बद्रिप्रसाद जोशी र ६५ बर्षीय कुन्तादेवी जोशीको विभत्स अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेको स्थानीयहरुले जानकारी दिएका छन् । मिजासिलो र सबैसंग हाँसेर बोल्ने स्वभावका जोशीको कसले के कारणले हत्या गरेको छानविन गरि दोषीलाई कारवाही हुनु पर्ने स्थानीयको माग छ ।

सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरी र बसन्त थापाले जेष्ठ ७ गते करिब ८ बजे तिर २०÷२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अवेर रातिसम्म नाचजान समेत गरेको बताएका छन् ।

जोशी दम्पतीको अनुहारमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । हत्याको आकंशाका जोशीको घरमा बस्ने बझाङ्ग थलाराका ५१ वर्षीय कलकबहादुर बटाला, ५० वर्षीय चन्द्रकला बटाला, २० वर्षीया पूजा बटाला, १२ वर्षीया सिमरन धामी, पुनर्वास नगरापालिका ११ बस्ने १८ बर्षीया समीक्षा साउँद, ४६ वर्षीय जमुना साउँद तथा ५९ वर्षीया रन्तला देवि साउदलाई नियन्त्रणमा लिएको छ । यस्तै दुई जनाको खोजीकार्य भैरहेको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।

मृतक दम्पत्तिको ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा छन् भने जेठी छोरी धनगढीमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्