स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

<span class='c1'>स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली</span> <span class='c2'>सेनालाई खटाउन राष्ट्रपतिद्वारा स्वीकृति प्रदान</span>

काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालनको स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

“निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४ / २ / २ को सिफारिस, मन्त्रिपरिषद्को  मिति २०७४/२/४ को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७४/ २ /४  को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान भएको छ, ” केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्