युवा सशक्तिकरण परियाेजनाकाे अनुगमन

युवा सशक्तिकरण परियाेजनाकाे अनुगमन

मोरङका विभिन्न गाउँपालिकामा युवा सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरुको सरोकारवालाले अनुगमन गरेका छन् ।
प्लान इन्टरनेशनल र फर्वाड नेपालको संयुक्त साझेदारीमा मोरङका विभिन्न गाविसमा सञ्चालित सिपमुलक र आयआर्जनका कार्यक्रमहरुको सरोकारवालाहरुले अनुगमन गरेका हुन् । जिल्ला कृषि कार्यालय, जिल्ला पशु, श्रम कार्यालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशालासहित प्लान नेपाल र फर्वाड नेपालका प्रतिनिधिहरुले ती कार्यक्रमहरुको अनुगमन गरेका हुन । प्लान र फर्वाड नेपालको साझेदारीमा मोरङको साविकका १५ वटा गाविसमा सञ्चालित कार्यक्रमहरुमा १६ बर्षदेखि ३० बर्ष उमेर समूहका ३ सय ३५ जना किशोरी र महिलाहरु सहभागी छन । उनिहरुलाई सिलाईकटाई, कम्प्युटर तालिम र कुखुरा पालनलगायतका सिपमुलक र आयआर्जनका तालिमहरु सञ्चालन गरिएको फरवार्ड नेपालका परियोजना अधिकृत सुरज खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्