बुढीगंगा गाउँपालिकाको केहि वडा जोडेर बिराटनगरलाई महानगरपालिका बनाएको बिरोधमा प्रदर्शन

बुढीगंगा गाउँपालिकाको केहि वडा जोडेर बिराटनगरलाई महानगरपालिका बनाएको बिरोधमा प्रदर्शन

बिराटनगर जेठ ९ ,

बिराटनगर लगायत बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएर सोमबार साझ बिराटनगरलाई महानगरपालिका घोषणा गरेको बिरोधमा आज बिहानै देखि टंकीसिनवारीमा केहि स्थानीयहरु भेला भएर प्रदर्शन गरेका छन्  । स्थानीयहरुले सडकमा आवतजावत रोकेर उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको पुत्ला बनाएर नाराबाजी गरिरहेका छन् । स्थानीयले बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) लाई बिराटनगर महानगरपालिकामा सामेल गरेको निर्णयको बिरोध गरिरहेका छन्  । यसअघि पनि स्थानीयबासीले यसको बिरोध गर्दै आएका थिए । अहिले प्रहरीले स्थितिलाई साम्य पर्ने प्रयास गरिरहेको छ ।

[caption id="attachment_33631" align="alignnone" width="1920"] प्रदर्शनको कारण केहीबेर सवारीसाधनको जाम[/caption]

वीरगञ्जसँगै बिराटनगर उपमहानगरपालिका अबदेखि महानगर हुने निर्णय सरकारले गरेको हो ।  सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो ।उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर तयार पारेकाे प्रतिवेदन अनुसार उक्त प्रस्ताव सरकारले अघि सारेकाे थियाे ।विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएको छ ।
निर्वाचन अायाेगले भने दाेश्राे चरणकाे चुनाव अघि स्थानिय तहकाे संख्या हेरफेर गर्न नसकिने बताएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्