बिराटनगर जेठ ९ ,
एक सय बर्ष भन्दा लामो इतिहास बोकेको बिराटनगर शहर सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उपमहानगरपालिकाबाट महानगरपालिका भएको छ । बिराटनगर साथै वीरगञ्ज पनि महानगरपालिका बन्न सफल भएको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली धेरै बिराटनगरबासिमा भएपनि बिराटनगरको अहिलेको अवस्थाबाट भने बिराटनगरका जनताले महानगरपालिका बनेकोमा प्रश्न गर्ने ठाउ पनि रहेको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली मनाउन आज साझ सबै घरमा साथै बजारमा दिपावली गर्ने कार्यक्रम उद्योगी , ब्यापारी तथा बिभिन्न संघसस्थाले तयारी गरेका छन् । यो बिराटनगर कै इतिहासमा सबै भन्दा खुसीको क्षण भएको हुदा सबैले मनाउनुपर्ने स्थानीय बताउछन । सोमबार साझ नै बिराटनगरका केहि स्थानमा दिपावली गरिएको थियो ।