प्रधानमन्त्री पुष्पकमल दाहालले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

नेकपा एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
दलहरुबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार आज ४ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
यसअघि प्रधानमन्त्रीले मंगलबार नै संसदमा संबोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । बुधबार पनि संसद बैठक बस्न नसकेपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै सम्बोधन गर्ने भएका हुन् ।
आचार्यले प्रधानमन्त्री दाहालको राजीनामा बारे भने ४ बजेसम्म प्रतिक्षा गर्न आग्रह गरे ।
संसद बैठक बिहीबार अपरान्ह ४ बजेसम्मलाई स्थगित भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्