माटो रकम खर्चिनुपर्ने भएपछि पात्रेले माओवादी छाडे, उपमेयरमा उम्मेदवारी घोषणा

माटो रकम खर्चिनुपर्ने भएपछि पात्रेले माओवादी छाडे,  उपमेयरमा उम्मेदवारी घोषणा

उर्लाबारी

माओवादी जनयुद्धमा आरम्भदेखि नै होमिनुभएका उर्लाबारी ५ का पदम धिमाल (पात्रे)ले पार्टीभित्र मौलादै गरेका विकृति विसंगतिलाई सहन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै स्वतन्त्र रहने घोषणा गर्नुभएको छ । बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले माओवादी केन्द्र छाडेको घोषणा गर्नुभएको हो । साविक उर्लाबारी ३को वाइसिएल अध्यक्ष हुदै गाँउ उपाध्यक्ष,पार्टीको क्षेत्रीय सदस्य,मोरंग जिल्ला सदस्य भइ जिम्मेवारी निर्वाह गरिसक्नुभएका उहाँ पार्टी छाड्नुअघि माओवादी केन्द्रको उर्लाबारी नगर सचिवालय सदस्य हुनुहुन्थ्यो । आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उर्लाबारी नगरपालिकाको मेयरका आकंक्षी रहनुभएका धिमालले पार्टीले आफूलाई उपेक्षा गरेको बताउनुभयो । सर्वहारा वर्गको उत्थान गर्ने भनेपनि आफूसँग मेयरको उम्मेदवारीदिने हो भने मोटो रकम खर्चिनु पर्ने भनिएको पनि उहाँले खुलासा गर्नुभयो । पार्टी र जनतामा अलोकप्रिय छवि बनाएका व्यक्तिलाई नै माओवादी केन्द्रले उर्लाबारीमा टिके प्रथाबाट मेयरको उम्मेदवार बनाइएको धिमालको आरोप छ । पार्टीभित्र मौलाइरहेका व्यक्तिवादी प्रवृत्ति,निम्नि पुजीँवादी चिन्तन,लम्पसारवादले माओवादी केन्द्रको पतन हुदै गएको भन्दै उहाँले दुःख पनि व्यक्त गर्नुभयो । बुधबार कै मितिदेखि उहाँले माओवादी केन्द्रबाट सम्पूर्ण जिम्मेवारी त्यागेर स्वतन्त्र जीवन व्यतित गर्ने घोषणा पनि गर्नुभएको छ । यस्तै,उहाँले आसन्न उर्लाबारी नगरपालिकाको चुनावमा स्वतन्त्र नागरिकको तर्फबाट उपमेयरको उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी महासंघ उर्लाबारीका अध्यक्ष समेत रहनुभएका धिमालले आफूले विगतमा गरेको सामाजिक कार्यलाई मूल्यांकन गर्दै अमूल्य मत प्रदान गर्न नगरवासीलाई अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्