झापा, जेठ १२ गते
झापाको कमल गाउँपालिका -४ तपोगाछीमा विहीबार बिषालु च्याउ खाएर ९ जना बिरामी परेका छन्। बिरामी हुनेमा सोही ठाउँकी ३३ बर्षिया बिष्णु घिमिरे, उनकै छोरी १४ बर्षिय सलिना घिमिरे, १० बर्षिय सन्ध्या घिमिरे, ७ बर्षिया सोनी घिमिरे, २ बर्षिया सोनिका घिमिरे छिमेकी २८ बर्षिया उमा घतानी, छोरा ११ बर्षिय इन्द्र घतानी, ९ बर्षिय चन्द्र घतानी र छोरी २ बर्षिया सबिना घतानी रहेका छन्। उनीहरुले बेलुका ८ बजेतिर बाटोमा उम्रीएको च्याउ पकाएर खाएका थिए। बिरामी सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय दमकले जनाएको छ।