मलेसियामा अलपत्र परेका ५१ नेपालीको उद्धार गरियो

<span class='c1'>मलेसियामा अलपत्र परेका ५१</span> <span class='c2'>नेपालीको उद्धार गरियो</span>

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ ।

नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूतावासले खर्च बेहोरेर नेपाल पठाएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियामा अलपत्र परेकाहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्