विराटनगर जेठ १४,
विश्व रजस्वला स्वच्छता दिवसको अवसरमा विराटनगरमा एक दिने रजस्वला स्वच्छता बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वि इनस्पायर नेपाल फिमेल च्यापियन सिम्रन श्रेष्ठको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विराटनगर जतुवास्थित गुरुकुल स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई रजस्वला भएको बेला अपनाउने तरिका बारे जानकारी गराइएको भोलिन्टियर बेन्जु ढकालले बताइन ।