विराटनगर, जेठ १४ गते
पूर्वको मोरङ र सिरहामा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्।
मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित राजमार्गमा पश्चिम जादै गरेको मे ६ प ४३३६ नम्बरको मोटरसाइकललाई को ११ प ६८४३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा झापा सुरुङ्गा बस्ने ३७ बर्षिय हरी भण्डारी, बेलबारी नगरपालिका-२ बस्ने २३ बर्षिय रोशन गुरुङ र लालभित्ति बस्ने १४ बर्षिय प्रियंका गिरी घाइते भएका छन्।
घाइते तीनै जानको बेलबारी र बिराट नर्सिङहोममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानएको छ।
यता सिहाको मिर्चैया नगारपलिका-५ स्थित लोकमार्गमा स ४ प ५५६७ नम्बरको मोटरसाइकललाई को ३० प ११४७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सिरहा भोक्राहा-४ बस्ने २२ बर्षिय सुभम राईन र कर्जन्हा गाउँपालिका-७ बस्ने २४ बर्षिया सबिता यादव घाइते भएकी छिन्।
घाइतेको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।