बस दुर्घटनामा कन्टेक्टरको ज्यान गयो, २३ यात्रु घाईते

बस दुर्घटनामा कन्टेक्टरको ज्यान गयो, २३ यात्रु घाईते

सिरहा, जेठ १५ गते।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सोमबार बिहान सिरहाको मिर्चैया नगरपालिका १ स्थित महादेवा चौकमा बस दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। त्यस्तै बसमा सवार २३ जना घाईते भएका छन्।
बिराटनगरबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाईते भएका ५०६७ नम्बरको बसका कन्टेक्टर कटारी नगरपालिका ३ बस्ने ३७ बर्षिय निलकमल श्रेष्ठको उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
दुर्घटनामा परी ५०६७ नम्बरको बसमा सवार सिरहा मिर्चैया नगरपालिका ६ बस्ने ठकसी सरी, सिन्धुली दुधौली नगरपालिका ७ बस्ने चन्द्र बहादुर बुढाथोकी र उदयपुर कटारी नगरपालिका ४ बस्ने मिलन थापाको मंगलम रेखा मिर्चैया नर्सिङ होममा उपचार भईरहेको छ।
त्यस्तै बसमा सवार अन्य २० जनाको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। दुबै बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्