यहि ज्येष्ठ ३१ गते हुन लागेकाे दोस्रो चरणको स्थानीय निकायकाे निर्वाचन सरेकाे छ । उक्त निर्वाचन असार ९ गते हुने गरि सरकारले निर्णय गरेकाे हाे । अाज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकाे हाे । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रियाकाे मिति हेरफेर हुने बताइएकाे छ ।
विभिन्न माग राख्दै चुनाव हुन नदिने गरि अान्दाेलन घाेषणा गरेकाे राष्ट्रिय जनता पार्टीलाई मनाउने भन्दै प्रमुख दलका नेताहरूकाे छलफलमा चुनावको मिति सार्ने समझदारी भएकाे थियाे ।