लिटिल सुपर स्टारको अभिभावकसंग अन्तरक्रिया

<span class='c1'>लिटिल सुपर स्टारको</span> <span class='c2'>अभिभावकसंग अन्तरक्रिया</span>

प्रेम देवान
विराटनगर १५ जेष्ठ । विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको लिटील सुपर स्टार २०१७ मा सहभागीका अभिभावक संग अभिमुखिकरण गरिएको छ ।

दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शोमा सहभागिका आमाबुबासँग सोमाबार अभिमुखि करण गरिएको दिप भिजन आर्टका कोरियोग्राफर दिप श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा अध्ययन गर्दै आएका १० देखि १५ वर्ष उमेरका बालबालिकाको बृत्ति विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । फाईनल राउण्डमा ५० जनाबाट छानिएका एक जना मिस्टर प्रिन्स मिस प्रिन्सेस विजेता घोषित हुनेछन् । विजेताले ३१ हजारको साथमा शिल्ड प्रमाणपत्र,छात्राबृति र आर्कषक गिफ्ट हेम्पर पांउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्