धरानमा प्रहरीको डेल्टा अप्रेशन, एकै दिन ५ पक्राउ

<span class='c1'>धरानमा प्रहरीको डेल्टा अप्रेशन,</span> <span class='c2'>एकै दिन ५ पक्राउ</span>

प्रहरीले सुनसरीको धरानमा डेल्टा अप्रेशन अभियान अन्तर्गत धरानको छुट्टाछुट्टै स्थानबाट मंगलबार साँझ पाँच जनालाई पक्राउ गर्न सफल भएको छ।
डेल्टा अप्रेशनमा खटिएको बिशेष टोलीले सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुने, भोटेपुल र धरान १० नारायण चौकबाट पाँच जनालाई पक्राउ गरेको हो।
तिनकुने चोकबाट प्रहरीले ईटहरीबाट धरान जाँदै गरेको गरेको को १७ प ६५५२ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा चालक धरान १३ बस्ने १७ बर्षिय सुजन राई, पछाडी सवार धरान १६ बस्ने ३१ बर्षिय सुमन भुजेललाई नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध एभिल १४ एम्पुल, डाईजेल्याब १४ एम्पुल र लुपीजैसिक १४ एम्पुल फेला पारी बरामद गरेको छ।
त्यस्तै धरान उपमहानगरपालिका ८ भोटेपुलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो।
को ५ प ८१५९ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान ११ बस्ने २३ बर्षिय सकुल अधिकारी र धरान ८ बस्ने २६ बर्षिय कुलदिप साहलाई चेकजाँच गर्ने क्रममा २ बोतल कोरेक्स फेला पारी बरामद गरेको हो।
यता धरान १९ नारायण चौकमा शंकास्पद अबस्थामा हिडीरहेका धरान १८ बस्ने २० बर्षिय सुनिल शाहीलाई १५ एम्पुल लागूऔषधसहित पक्राउ गरेको हो।
शाहीलाई शरिरको बिभिन्न भागमा लुकाई छिपाई राखेको अबस्थामा सो परिमाणको लागूऔषध फेलापारी नियन्त्रणमा लिईएकोहो।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्