ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ स्थित देवीध्वज सुनुवारको घरमा मंगलबार जस्ताको छानो लगाउने क्रममा लडेर दुई जना घाईते भएका छन्।
घाईते हुनेमा सोही गाउँपालिका ३ बस्ने १८ बर्षिय सुमन सुनुवार र १९ बर्षिय संतोष सुनुवार रहेका छन्।
घाईते उनीहरुलाई घरधनी देवीध्वज सुनुवारले उपचारकालागी काठमाण्डौ लिएर गएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।