बिराटनगरको बरगाछीमा अवस्थित गुरासँ पुस्तकालयको प्राङगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । गुरासँ पुस्तकालय र हामी युवा नामक युवाहरुको संस्थाले सयुक्त आयोजना गरेको उक्त कर्यक्रमको मुख्य लक्ष्य रगत अभाव न्युनिकरण गर्नु हो भनेर पुस्तकालयका अध्यक्ष दिपक चापागाईले बताए ।
बिहान ७ देखि १० बजे सम्मको समय निधार्ण गरेर आयोजना गरिएको उक्त कार्यक्रममा युवाहरुको सहभागिता बढि देखिएको थियो । रगत अभावलाई कम गर्न सहयोग गर्नका लागि अन्य स्थानमा पनि रक्तदान कार्यक्रम आयोजना हुने जानकारी हामी युवाका संस्थापक सबिन दाहाल दिए ।