खैरो हेरोइनसहित एक पक्राउ

खैरो हेरोइनसहित एक पक्राउ

झापाको मेचिनगर नगरपालिका-७ स्थित प्यारीभिट्टाबाट प्रहरीले बुधबार खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दिनाजपुर घर भई हाल मेची नगर नगरपलिका-६ बस्ने २४ बर्षिय अजय सिहं रहेका छन्।
प्रहरीले उनको साथबाट डब्लु बि ७४ यु ६३४८ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको ९ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
लागू औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले सिहंलाई अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो।
सिहंलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्