दुइ स्थानमा दुर्घटनाका ३ घाइतेकाे विराटनगरमा उपचार हुँदै

दुइ स्थानमा दुर्घटनाका ३ घाइतेकाे विराटनगरमा उपचार हुँदै

मोरङको धनपालथान र ग्रामथान मा बुधबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्।
धनपालथान गाउँपलिका-३ स्थित रंगेली सडक खण्डमा को २८ प ७६९० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका- २ बस्ने ३३ बर्षिय राम कुमार सरदार र पछाडी सवार सोही ठाउँका ३४ बर्षिय हिरालाल ऋषिदेव घाईते भएका छन्।
घाइते दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यस्ते ग्रामथान गाँउपालिका -५ तेतरियामा को १ ह ८९०१ नम्बरको सिटी सफारीले साइकल यात्रीलाई ठकक्कर दिँदा सोही सोही ठाउँका अन्दाजी ४० बर्षिया आशा कुमारी चौधरी घाइते भएकी छिन्।
उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेकोछ। सिटी सफारी र चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्