धनकुटाको हिलेमा मेरिल्याण्ड कलेजको लिडरसिप बेस क्याम्प

<span class='c1'>धनकुटाको हिलेमा मेरिल्याण्ड कलेजको</span> <span class='c2'>लिडरसिप बेस क्याम्प</span>

बिराटनगर जेठ १८ ,

बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकास साथै ब्यापार सुरुवातका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले २ दिने लिडरसिप बेस क्याम्प सम्पन्न गरेको छ ।

धनकुटाको हिलेमा भएको क्याम्पमा कलेजका चौथो वर्षमा अध्ययनरत १४ विद्यार्थीहरुको सहभागीता रहेको थियो । उनिहरुलाई धनकुटाको नाम्जे गाउँमा गएर त्यहाँका जनता तथा ठाउँलाई लाभ हुने कुनै विजनेस प्लान बनाएर पेस गर्नुपर्ने अभ्यास दिइएको थियो । ४ समुहमा रहेका विद्यार्थीहरुले नाम्जे गाउँमा गएर त्यहाँका स्थानीयसंगको छलफलपछि बिजनेस प्लान तयार पारेका थिए । बिजनेस प्लान बनाएका मध्ये हेयर सेलोनको प्लान तयार गरेका बिद्यार्थीहरु निखिल अग्रवाल , सुरज मण्डल , आशिष जैन  र आकृति निरौलाको समूह विजयी भएको र उनिहरुको समुहले नगद १२ हजार प्राप्त गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । विद्यार्थीहरुले नाम्जेमा खानेपानीको फ्याक्ट्री, स्तेस्नोरी पसल साथै अस्पतालको बिजनेस प्लान बनाएर प्रस्तुत गरेका थिए। विद्यार्थीहरुलाई मनोरञ्जन साथै स्थानीयस्तरमा रहेको श्रोत साधनको प्रयोगबाट गर्न सकिने व्यवशायको ज्ञान दिन उक्त कार्यक्रम आयोजना गरिएको दाहालले बताए । यस अघि पनि कलेजले चितवनको सौराहामा लिडरसिप समित आयेजना गरेको थियो । कलेजमा बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे ब्याचलर लेवल कोर्स पढाई हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्