काठमाडौंमा ‘सफा सहर’ अभियान सुरु

काठमाडौंमा ‘सफा सहर’ अभियान सुरु

काठमाडौं, जेठ १८ । काठमाडौंलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन् ।

बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहीबार बूढानीलकन्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुआत गरेका हुन् ।

‘काठमाडौंलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागिमात्र होइन’–नगरप्रमुख शाक्यले भने ।

सोही अवसरमा उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागिमात्र नभइ महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोगको आवश्यक रहेको बताइन् ।

उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक संघ–संस्थाका प्रतिनिधि, काठमाडौं महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्