झापाको भद्रपुर-२ बिसालपुरमा शनिबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा भद्रपुर-२ बिसालपुर २२ नम्बर टोल बस्ने ४७ बर्षिया कुसुम राई रहेकी छिन्।
बेलुका ८ बजेतिर कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई राईलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भऐको सिमा प्रहरी चौकी पृथ्बिनगरले जनाएको छ।