भोजपुरको षडानन्द नगरपलिका-१ मा शनिबार छोराको खुकुरी प्रहारबाट आमा गम्भिर घाइते भएकी छिन्।
षडानन्द नगरपलिका-१ बस्ने ४३ बर्षिया जितमाया राईलाई उनकै छोरा २० बर्षिय निसानहाङ राईले घरायसी बादबिवादको कारण धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेकी जितमायाँको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने निसानहाङ फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी कुदाककाउलेले जनाएको छ।