भारत र पाकिस्तान बीच क्रिकेट म्याच अघि चक्कु र भ्यान घटनामा २० भन्दा बढी हताहत

भारत र पाकिस्तान बीच क्रिकेट म्याच अघि चक्कु र भ्यान घटनामा २० भन्दा बढी हताहत

युरोप । बेलायतको राजधानी लण्डनको मुटुमा रहेको लन्डन ब्रिजमा भएको एक घटनामामा भ्यानले २० भन्दा पनि बढी मानिसहरुलाई किचेको खबर छ। त्यहाँ घाइते र पैदल यात्रीहरुलाई ३ जनाले १२ इन्चभन्दा पनि लामो चक्कुले प्रहार गरी घाइते र हताहत बनाएको ब्रिटिश परिवहन प्रहरीले बताएको छ।

घटना भएको बेला महानगरीय प्रहरीको सशस्त्र अधिकारीहरू नजिकैको बोरो बजार मा पनि थिए जो घटनास्थल तुरुन्तै पुगेका थिए र तीन संकास्पद व्यक्तिहरुको खोजि कार्यमा लागेका थिए। घटनास्थलमा सुचनाका साथै धेरै जना प्रतक्ष्यदर्शी पनि रहेको जानकारी प्राप्त भएको छ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रिटू भन्छ : बेलायती प्रधानमन्त्री अधिकारीहरुसंग लगातार सम्पर्कमा छन र लन्डन ब्रिजमा भएको घटना नियमित रूपमा जानकारी लिने काम भइरहेको छ। सो घटनापछि लन्डन ब्रिज क्षेत्र दुवै दिशामा बन्द गरिएको छ।

लगभग ५० माइल प्रति घण्टाको स्पिडमा आएको सेतो भ्यानले मान्छेहरुलाई किचेको थियो। त्यसपछि भ्यानबाट आएका ३ जनाले पैदल यात्रीहरु र घाइतेहरुलाई चक्कु प्रहार गरेका थिए।  एक प्रतक्ष्यदर्शीले बताए। तुरुन्तै घटनास्थल पुगेको एम्बुलेन्स र फ्यरामेडिकको टोलीले घाइतेहरुको उपचारमा संलग्न भएका थिए।

सो घटना कसले र किन गराएको भन्ने कुराको रिपोर्ट आउन बाकि भएतापनि लण्डन महानगरीय प्रहरीले आतंककारी हमलाको संज्ञा दिएको छ। आज नै भारत र पाकिस्तान बीच क्रिकेट म्याच हुने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्