अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप , दुई राउन्ड हवाई फायर

अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप , दुई राउन्ड हवाई फायर

वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।

झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान यादवको टाउकोमा चोट लागेको छ । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । सिम्रौनगढ नगरपालिका १ नन्सगराघाटका ३५ वर्षीय हरेन्द्र मुखियालाई पक्राउ गर्ने क्रममा गाँउलेसँग झडप भएको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
झडपमा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत प्रहरी जवान घाइते भएका छन् ।

डाँका मुद्दामा बारा जिल्ला अदालतबाट २०७३ सालमा सजाय पाई फरार मुखियालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्ब श्रीबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि हवाई फायर गर्नुपरेको प्रहरी नायव उपरीक्षक रेग्मीको भनाइ छ ।

झडपपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप जनशक्ति परिचालन गरिएपछि स्थिति नियन्त्रणमा आएको छ । २०७३ सालमा बाराको बेल्दारीका कन्हैयालाल यादवको साथमा रहेको नगद र सुन लुटपाट भएको घटनामा बारा जिल्ला अदालतले मुखियालाई दोषी ठहर गरी सजायको फैसला सुनाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्