विराटनगरको गुद्री बजारमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगरको गुद्री बजारमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर,जेठ २२ गते।
विराटनगर महानगरपालिका स्थित गुद्री बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक अन्दाजी ४० बर्षिय देखिने प्रहरीले बताएकाे छ । मृतककाे तत्काल नामथर वतन नखुलेको बताइएकाे छ । स्थानीयले वेवारिसे अवस्थामा उनकाे शव देखे पछि प्रहरीलाइ खबर गरेका थिए ।
खबर पछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेकाे थियाे । उक्त टाेलीले थप अनुसन्धान गरिरहेकाे जानकारी प्राप्त भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्