दुई बालिकाको मृत्यु रहस्यमय बन्दै

<span class='c1'>दुई बालिकाको मृत्यु</span> <span class='c2'> रहस्यमय बन्दै</span>

रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीको रामराज्यपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको भनिएको घटना रहस्यमय बनेको छ ।

कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आज प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धान गरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभिन्न ठाउँमा चोट देखिएको र रगतसमेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ ।

भरतपुरमा पनि विभिन्न १९ सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

अधिकारकर्मी अम्बिका मुडभरीले घटनाको प्रकृति हेर्दा बलात्कारको आशङ्का रहेको भन्दै प्रहरीले यथाशक्य चाँडो दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताए ।

शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दिपशिखा परियार र सात वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अबस्थामा फेला पारिएको थियो । उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।

अहिले मृतक बालिकाको शवपरीक्षण भए पनि प्रतिवेदन प्राप्त भइनसकेको र घटनाको अनुसन्धान भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्