बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु

<span class='c1'>बाटो खन्न गएको डोजरसँगै सडकबाट</span> <span class='c2'>खसेर एक युवकको घटनास्थलमै मृत्यु</span>

बनेपा । बेथानचोक गाउँपालिकामा आज बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५ च्याम्रेङबेँसीका १८ वर्षीय सुनिल दाहाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनी डोजरको सहचालक भएको बताइएको छ । घटनामा डोजरका चालक सोही स्थानका २६ वर्षीय प्रदीप दाहाल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

बा २ क २९७४ नं को डोजर कच्ची सडकमा अनियन्त्रित हुँदा सडकबाट करिब ३०० मिटर तल खसेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्