काठमाडौँ । सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् ।
अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए ।
ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, कानुनबमोजिम ६० वर्ष पुगेपछि वृद्धभत्ता उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।
समाजका अध्यक्ष महाप्रसाद पराजुलीले अहिले ज्येष्ठ नागरिकले पाइरहेको रु दुई हजारलाई बढाउने भनेर राजनीतिक दलका शीर्ष नेताले प्रतिबद्धता जनाउँदै आए पनि कार्यान्वयन नगरेको गुनासो गरे ।
स्थानीय तहका जनप्रतिनिधिले ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता बढाउन खोजे पनि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पराजुलीले आपत्ति जनाए । रासस