बिराटनगरमा जब बालबालिका सडक सफा गर्न निस्किए …

बिराटनगरमा जब बालबालिका सडक सफा गर्न निस्किए …

बिराटनगर जेठ २२ , मुखमा माक्स अनि हातमा कुचो र सरसफाईको सामान लिएर बालबालिका सडकमा एक्कासी निस्किए l निस्किएर उनीहरुले सडकमा रहेको फोहरहरु सफा गर्न थाले l बालबालिकाले सडक सफा गरिरहेको दृश्य देखेर सडकमा हिड्ने बटुवापनि धंग परेर उनीहरुलाई हेरिरहेका थिए l उक्त दृश्य हो बिराटनगर-६ स्थित किड्स भिलेज स्कुलको , स्कुलमा पढिरहेका साना बालबालिकाहरुलाई  आफ्नो वरिपरिको सरसफाईमा ध्यान दिनुपर्छ भन्ने पाठ सिकाउन स्कुलले उक्त कार्यक्रम आयोजना गरेको स्कुलका संचालक विजय दाहालले बताए l आज विश्व वातावरण दिवस परेको हुनाले बालबालिकाहरुलाई सरसफाईको महत्व बुझाउन कार्यक्रम आयोजना गरिएको थियो l बालबालिकाहरुले बिभिन्न प्लेकार्ड सहित स्कुल वरीपरी सरसफाई गरेका थिए  l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्