विश्व वातावरण दिवसका अवसरमा बिराटनगरका अभिषेक राष्ट्रपतिद्वारा पुरस्कृत

<span class='c1'>विश्व वातावरण दिवसका अवसरमा</span> <span class='c2'>बिराटनगरका अभिषेक राष्ट्रपतिद्वारा पुरस्कृत</span>

बिराटनगर , जेष्ठ २२ विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन् ।

मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुरलाई प्रदान गरेको छ । सोही पुरस्कार वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।

त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार इन्दिरा पराजुली (कास्की)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । वातारणमैत्री उद्योग पुरस्कार युनिलिभर नेपाल (संस्था), वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्याय र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार  बिराटनगरका अभिषेक श्रेष्ठ लाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले वातावरण संरक्षणका लागि मोटरसाइकलमा दक्षिण एसियाली मुलुक यात्रा गर्न लाग्नुभएका युवालाई नेपालको झन्डा प्रदान गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्