खैरो हेरोईनसहित एक युवती पक्राउ

<span class='c1'>खैरो हेरोईनसहित एक</span> <span class='c2'>युवती पक्राउ</span>

झापा, जेठ १२ गते।
झापाको मेचीनगर नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले सोमबार दिउँसो लागूऔषध खैरो हेरोईनसहित एक युवतीलाई पक्राउ गरेको छ।
धरान उप-महानगरपालिका १९ घर भई हाल बिर्तामोडस्थित दिप होटलमा मजदुरी गर्दै आईरहेकी २० बर्षिया लक्ष्मी राईलाई ९ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो।
बिशेष सुराकीको आधारमा उनलाई लागूऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध फेलापारी बरामद गरेको हो।
पक्राउ परेकी राईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्