धनपालथान गाउँपालिका-१ बस्ने ४९ वर्षीय शहिद मिया र ५५ वर्षीय महमद मजित मियालाई ईलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । इप्रकाबाट खटिएको बिशेष प्रहरी टोलीले गोप्य सुचनाका आधारमा गाउँघरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई आवश्यक कानूनी कारवाहीको लागी सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको ईलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक सन्जीब बाबु खड्काले बताउनु भयो ।