युथ फर ब्लडको लिडरसिप क्याम्प धनकुटाको नाम्चेमा हुने

<span class='c1'>युथ फर ब्लडको लिडरसिप</span> <span class='c2'>क्याम्प धनकुटाको नाम्चेमा हुने</span>

विराटनगर जेठ २३ , सामाजिक काम गर्दै आएको युथ फर ब्लड मोरङको आयोजनामा यहि जेठ २६ र २७ गते धनकुटाको नाम्चेमा लिडरसिप क्याम्प हुने भएको छ । पर्यटकीय स्थल नाम्चेमा २४ युवाहरुलाई लगिने र त्यहाँको स्थानीयहरुको संग उनिहरुले त्यस गाउँको सामाजिक समस्याहरुको पहिचान गरि त्यसलाई समाधान गर्ने उपाय दिनुपर्ने रहेको कार्यक्रम संयोजक अंकित दासले जानकारी दिए । उनिहरुलाई नाम्चेको स्थानीय सांस्कृतिक नाचहरु पनि देखाइने दासले बताए । युवाहरुलाई स्थानीय स्थलमा रहेको समस्या पहिचान गर्न सक्ने बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको युथ फर ब्लड मोरङले जनाएको छ । उक्त कार्यक्रमलाई ग्राडुएट कोचले सहयोगीको रुपमा साथ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्