विराटनगरकाे मार्टर्स स्कूलमा प्रहरीको सचेतना

<span class='c1'>विराटनगरकाे मार्टर्स स्कूलमा</span> <span class='c2'>प्रहरीको सचेतना</span>

बिराटनगर, जेठ २० गते।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतनामुलक अभियान अन्तरगत बुधबार बिराटनगर महानगरपालीका -१० स्थित मार्टर्स मेमोरियल ईङ्ग्लिस स्कूलमा चेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।
“प्रहरी मेरो साथी” कार्यक्रम अन्तरगत क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरीले स्थलगत रुपमा उक्त बिधालयमा गई शुक्रबार बिहान बिधालयको कक्षा ९ र ९ मा अध्ययनरत ७७ जना छात्र/छात्राहरुलाई चेतनामुलक प्रशिक्षण दिएका हुन्।
सो अवसरमा बिधार्थीहरुलाई लागूऔषध, घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर क्राइम, बाल अधिकार तथा बाल बिज्याईँ का विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
कार्यक्रमलाई, पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर महिला बालबालिका सेल प्रमुख प्रहरी सहायक निरिक्षक सरस्वती राई, प्रहरी जवान ओम राज पौडेल, सामुदायिक सेवा केन्द्र शान्तिचोक विराटनगरका प्रहरी हवल्दार अर्जुन कुमार यादव र प्रहरी जवान देवका चुहानले सहजीकरण गर्नु भएको थियो।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीले चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म सचेतना बढाउने उद्देश्यले मोरङ तथा सुनसरी जिल्लाका बिभिन्न विधालयहरुमा स्थलगत रुपमा गई महिला तथा बालबालिकाहरुलाई चेतनामुलक प्रशिक्षण दिई सकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्