अबैध चौपाया नियन्त्रणमा

<span class='c1'>अबैध चौपाया</span> <span class='c2'>नियन्त्रणमा</span>

रंगेली, मोरङ - अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप ईलाका प्रहरी कार्यालय रंगेली तथा मातहतका प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले आज नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा चौपायाहरु नियन्त्रणमा लिएको छ । जसमा १४ थान गोरू ,९ थान गाई ,१४ थान बाच्छा तथा ५ थान बाच्छी रहेका छन् । नियन्त्रणमा लिइएका चौपायाहरुको बजार मुल्य अन्दाजी रू.२ लाख ५०,००० रहेको बताइएको छ । बरामद गरिएका ४२ थान चौपायाहरु सहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी,बिराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्जीब बाबु खड्काले बताउनु भयो । साथै गत सोमबार सोही स्थानबाट नियन्त्रणमा लिइएको अन्दाजी १ लाख बराबरको ८ थान गोरू,१ थान गाई र ३ थान बाच्छा पनि भन्सार कार्यालयमा दाखिला गराइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्