अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फिदिम नगरपालिका-१ साब्राङमा बस्ती बस्ने अन्दाजी ५५ बर्षिय भीम बहादुर केरुङ रहेका छन्।
आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथी अज्ञात ब्यक्तीले राती १ बजेतिर घाँटीमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा २:३० मृत्यु भएको हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्