नयाँ शक्ति पार्टीको आचार संहिता विपरित सिटि रिक्सा प्रदर्शनी

नयाँ  शक्ति पार्टीको आचार संहिता विपरित सिटि रिक्सा प्रदर्शनी

विराटनगर २६ जेठ ।
नया शक्ति पार्टी बिराटनगरले आचार संहिता विपरित बृहद सिटि रिक्सा प्रदर्शनी गरेको छ । कुनै पनि पाटीले निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाईल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साईकल, रिक्शा, टाँगा जस्ता सवारी साधनको याली निकाल्न पाईदैन । तर नया शक्तीले विराटनगरमा शुक्रबार प्रदेश १ उत्प्रेरक पुर्ब मन्त्री देबि प्रसाद ओझा को प्रमुख उपस्थितीमा बृहत सिटि रिक्सा प्रदर्शनी गरिएको हो । उनीहरुले जिल्ला पार्टी कार्यलय आयल निगमबाट सुरु भएको सिटि रिक्सा एवम मोटर साइकल र्याली ठूलो, मिल, तिनपैनि, गुद्री बजार, ट्राफिक चोक, रोडसशेष चोक, मलया रोड हुँदै रानी भन्सार हुदै जन आन्दोलन चोकमा पुगेर कोण सभामा परिणत गरेको थियो ।
कार्यक्रममा नगर भित्रका नेतृत्वहरु एबम विशेष रुपमा मजदुरको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम मोरङ संयोजक खेम प्रधान, नगर संयोजक नबराज दाहाल, भरत दाहाल, राधिका पन्थी, मन्जिला शर्मा, बिमला अर्याल किशन भगत लगायत को उपस्थिती थियो । आचार सहिता उलङ्गन गर्दै यस अघि सघिय समाजवादी फोरम नेपाल मोरङले पनि मोटरसाईल ¥याली निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्