विराटनगर जेठ २७ – नेकपा एमाले स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो एमालेले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा उम्मेदवार चयन गरेको जनाएको छ । बिराटनगरमा मेयरको रुपमा पार्टीका मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाललाई उठाउने पार्टीले जनाएको छ । उपमेयरमा भने अझै पार्टीले निर्णय गरेको छैन ।