‘स्कूल गट ट्यालेन्ट’ मा रंगेलीबाट ३५ जना छनौट

<span class='c1'>‘स्कूल गट ट्यालेन्ट’ मा</span> <span class='c2'>रंगेलीबाट ३५ जना छनौट</span>

‘स्कूल गट ट्यालेन्ट’ को मोरङको तीन ठाउँमा भएको पहिलो चरणको अडिसनबाट ३५ जना छनौट भएका छन् ।
सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा मोरङको दर्वेसामा रहेको न्यू स्टार स्कूल, उर्लाबारी र पथरीमा मा भएको पहिलो अडिसन बाट ३५ जना छनौट भएका हुन ।
दर्वेसामा भएको अडिसनबाट नृत्यबाट ९ जना, सिंगीनबाट ९, चित्रकलाबाट ६ र नाटकबाट २ जना छनौट भएको संगीत कला मन्दिरको अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५७ जनाको सहभागिताबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने २६ जनालाई दोस्रो चरणको लागि छनौट गरिएको बताए । त्यस्तै उर्लाबारी र पथरीमा भएको अडिसनबाट ९ जना छनौट भएको छन् ।
मोरङ जिल्लाभरिका विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यल आयोजना भएको प्रतियोगितामा मोरङका विद्यालयमा अध्यनरत कक्षा तीन देखि दशसम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् ।
प्रतियोगितामा तीन वटा चरणबाट छनौट भएका प्रतियोगि फाइनलमा पुग्नेछन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न विद्याका विज्ञ प्रशिक्षकद्धारा प्रशिक्षण दिने बताइएको छ । आयोजकले विधागत रुपमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँको साथै आकर्षण ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्