सुनसरीको धरान उप-महानगरपालिकाबाट शनिबार प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको डेल्टा अप्रेशन अभियान अन्तर्गत खटिएको टोलीले धरान १८ रत्न चौकमा शंकास्पद अबस्थामा हिडीरहेका धरान ११ बस्ने १६ बर्षिय बिकाश कार्कीलाई ३० थान लागूऔषधसहित पक्राउ गरेको हो ।
यता ईटहरीबाट धरान जाँदै गरेको बसमा सवार धरान ११ कै २३ बर्षिय ललित परिवारलाई २४ थान लागूऔषधसहित तीनकुने प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।