मोरङको सुनबर्सी नगरपालिका २ मा शनिबार साँझ करेण्ट लागेर एक बृद्ध घाईते भएका छन्।
आफ्नै निर्माणाधिन घरमा मोटरबाट पानी लगाउने क्रममा सोही नगरपालिका बस्ने ७० बर्षिय बद्री राजबंशीलाई अचानक करेण्ट लागेर घाईते भएका हुन् ।
घाईते राजबंशीको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरी चौकी अमरदहले जनाएको छ ।