विराटनगरमा दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते

विराटनगरमा दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते

मोरङको बिराटनगर महानगरपालिका ४ कोशी राजमार्गमस्थित आईतबार धिताल पेट्रोल पम्प अगाडी माईक्रो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाईते भएका छन्।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ज १०३३ नम्बरको माईक्रो बसले विपरित दिशाबाट आउँदै गरेको को १७ प ८७०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
ठक्करबाट मोटरसाईकल चालक बिराटनगर १६ बस्ने २६ बर्षिय रोशन न्यौपाने घाईते भई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको छ।
माईक्रो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्