पुर्वकाे विभिन्न स्थानमा आगलागी

<span class='c1'>पुर्वकाे विभिन्न</span> <span class='c2'>स्थानमा आगलागी</span>

संखुवासभाको मकालु-३ नयाँबस्ती बस्ने ६० बर्षिय प्रजलमान राईको घरमा आइतबार आगलागी भएको छ।
घरमा कोही नभएको अवस्थामा दिउँसो १ बजेतिर चुलाको छेउमा राखिएको लाईटर पड्केर अचानक आगलागी भएको हो।
आगलागीबाट राईको नगद १ लाख ५० हजार तथा लता कपडा काठ समेत जल्दा अन्दाजी २ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ।
आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी हेदाङनाले जनाएको छ।
यता इलामको देउमाई नगरपालिका-४ याक्सी बस्ने योगेन्द्र भट्टराईको गाई गोठमा समेत आइतबार आगलागी भएको छ।
खोले पकाउने क्रममा चुलोबाट आचानक सल्केको आगोले उनको गोठ पूर्ण रुपमा जलेको छ भने १ वटा बाछी समेत जलेर मरेको बताइएको छ।
आगलागी इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्