छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई २३ वर्ष जेल

<span class='c1'>छोरीलाई पटकपटक बलात्कार गर्ने</span> <span class='c2'>बाबुलाई २३ वर्ष जेल</span>

भक्तपुर । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं ९क० बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।

पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम रु तीन लाख प्रदान गर्न फैसला सुनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्