पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, बस दुर्घटनामा बालककको मृत्यु

<span class='c1'>पुर्वकाे विभिन्न स्थानमा दुर्घटना,</span> <span class='c2'>बस दुर्घटनामा बालककको मृत्यु</span>

खोटाङको हलेसी तुवाचुङ नगरपलिका-१ मा सोमबार दिक्तेलबाट जयरामतर्फ जादै गरेको बा २ ख ७०७१ नम्बरको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा रुपाकोट मझुवागडि नगरपालिका-१२ बस्ने कला विश्वकर्माको ११ महिनाको छोरा अदित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ। साथै खोटाङ रुपाकोट मझुवागडी-५ लफ्याङ बस्ने ३० बर्षिय अनु राई, सोही ठाउँकी डेढ बर्षिया नयमा राई, ३२ बर्षिय मनकला राई र अन्दाजि २ बर्षिय समनिया राई घाइते भएका छन्। घाइतेको आस्था अस्पताल घुर्मिमा उपचार भइरहेको छ भने बसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीले जानएको छ ।
यता सप्तरीको खडक नगरपलिका-८ स्थित राजमार्गमा पूर्वबाट पश्चिमजादै गरेको ना ४६ प ५८७७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री खडक नगरपालिका-८ बस्ने ५७ बर्षिय राम किसुन साह घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक उदयपुर हर्दिया-६ कटारी बस्ने ४० बर्षिय अब्दुल कवीर र पछाडी सवार सोही ठाउवकी ३२ बर्षिया किशोर खातुन समेत घाइते भएकी छिन्। घाइतेको गुरुकुल अस्पताल लहानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्