विराटनगरमा (राजपा) को बन्दको प्रभाव , चार सवारी साधन तोडफोड

विराटनगरमा (राजपा) को बन्दको प्रभाव , चार सवारी साधन तोडफोड

प्रेम देवान
विराटनगर ३० जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको पहिलो दिन विराटनगर लगायत तराईको जनजीवन प्रभावित बनेको छ ।
राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । हड्तालका कारण विराटनगरबाट चल्ने लामो तथा छोटा दुरीका सार्वजनिक यातायताका साधन चल्न सकेका छैनन् । विराटनगरमा मोटरसाइकल, सिटी रिक्सालगायत साना सवारी साधन भने निर्वातरुपमा चलिरहेका छन् ।
हड्तालको कारण विराटनगरका शैक्षिक संस्था, बजार, पसल, बैकिङ्ग, उद्योग कलकारखाना पूर्ण रूपमा ठप्प छन् । बिहानैदेखि विराटनगरको चाक–चौकमा राजपाका कार्यकर्ता निस्किएर बजार, पसल र सवारी साधन बन्द गराउँदै हिँडका छन् । सडकमा सञ्चालन भएका केही सवारी साधनलाई बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताले अवरोध गरिरहेका छन् । यसैविच राजपाका कार्यकर्ताहरुले बन्दको उलङ्गन गरेका भन्दै विराटनगरमा ४ वटा सवारी साधनमा तोडफोड गरेका छन् । उनीहले एउटा टाटा सुमो, दुईवटा टेम्पो, र एउटा सिटी सफारीमा क्षति पुर्याएका छन् ।

राजपा नेता मो.कादिरले प्रेसका सवारी साधन, एम्बुलेन्स, मोटरसाइकल, कुटनीतिक नियोगका सवारी साधन, फोहोर उठाउने गाडी, दूध र तरकारीका गाडीलाई भने कुनै पनि अवरोध नगरिएको बताए । आमहड्तालमा उत्रिएका राजपा कार्यकर्ताले चौक–चौकमा टायर बालेर प्रदर्शन गरेका थिए । टायर बाल्न भने मोरङ प्रहरीले हस्तक्षेप गरेपछि केही बेर प्रहरीसँग घम्साघम्सी भएको राजपाका विद्यार्थी नेता राकेश रोशन यादवले जानकारी दिए ।
राजपाले केन्द्रको पूर्वघोषित हड्तालको आह्वान गरेपछि मोरङ प्रहरीले विराटनगरको सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दका कारण कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा चौक चौकमा म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्