राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन मंगलबार स्विटजरल्यान्डको जेनेभा जाँदै छिन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसनअन्तर्गतको एक बैठकमा हुने ‘वल्र्ड अफ वर्क समिट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सेसनका तीन प्रमुख वक्तामध्येकी एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे बोल्ने छिन् ।

पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिल गरेको उपलब्धि र महिला राष्ट्रपतिका नाताले भण्डारीलाई आईएलओले निमन्त्रणा गरेको हो । अन्य दुई मुलुकका राष्ट्रपति क्रमश: मरिससकी अमिनाह गउरिव–फाकी र माल्टाकी मेरी लुइस कलेरो–प्रेसा पनि सम्मेलनका प्रमुख वक्ता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्